Thursday, June 13, 2024
spot_img
Homeफिचरपेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको पुत्ला दहन


वीरगन्ज,७ माघ

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघले आज वीरगन्जमा प्रदर्शन गरेको छ । एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघले माईस्थान चोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध पेट्रोलियम पदार्थमा मूल्यवृद्धि फिर्ता गर ,परमादेशी सरकार मुर्दाबाद ,नालायक सरकार मुर्दाबाद ,जनता मारा सरकार मुर्दाबाद ,निक्कमा सरकार मुर्दाबाद ,अपवित्र गठबन्धन मुर्दाबाद सहित नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोजेको थियो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ । प्रदर्शनमा अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद ,उपाध्यक्ष अकलेश साह , सहमहासचिव धनराज गुप्ता , केन्द्रिय सदस्य शंकर यादव ,राजन साह जिल्ला अध्यक्ष प्रमोद महतो , उपाध्यक्ष अरुण कुशवाहा सचीव भगवान लाल पटेल ,भोला यादव , धन्जय गुप्ता ,नितेश बर्नवाल ,देव शर्मा ,सुशील दास , राम कुमार पटेल , कृष्ण सहनी लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: