Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीसाहिब दरबारको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न

साहिब दरबारको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न


वीरगन्ज,७ माघ /
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । साहिब दरबार सेवा संस्थानको आयोजनामा र वीरगंज मेडिकेयर प्राईभेट लिमिटेड तथा द राइजिङ स्टार युथ क्लबको सहयोग निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा १४० जनाको आँखाको परीक्षण गर्दा ५२ जनामा मोतियाबिन्दु भेटिएको साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले जानकारी दिनुभयो । मोतियाबिन्दु भेटिएका बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने उहाँले बताउनुभयो ।
आँखा शिविरमा संस्थानका उमेशलाल सहनी, मुकेश द्विवेदी,वकील हवारी ,रबिन श्रेष्ठ,चोर्नीका नरेन्द्र महतो, विनोद सिलवाल, जीलेबी महतो, जिउत महतो,विनोद यादव, देवेन्द्र महतो, मिठु यादव ,वीरगन्ज महानगरपालिका २१ लिपनीविर्ताका संजय मण्डल ,अजय महतो, पुरुषोतम पटेल, कृष्णा पटेल सहभागी थिए । यस्तै द राइजिङ स्टार युथ क्लबका प्रधुमन मण्डल,राजु मण्डल,विवेक सिलवाल ,संजय मण्डल,अरुण मण्डल लगायतकाहरुको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: