Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीपर्साका पत्रकारले लगाए बुस्टर डोज

पर्साका पत्रकारले लगाए बुस्टर डोज


वीरगन्ज,७ माघ /
सरकारले आइतबारदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गरेको संगै पर्साका पत्रकारहरुले पनि खोप लगाएका छन । बुस्टर डोज खोप कार्यक्रम अन्तर्गत शुक्रबार पत्रकाहरुले पनि बुस्टर डोज लगाएका हुन ।
नेपाल पत्रकार महासंघ पर्सा सहजीकरणमा स्वास्थ्य कार्यालय पर्साले पर्साका पत्रकारहरुले बुस्टर डोज लगाएको शाखाका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको सभाकक्ष मै जिल्लाका क्रियाशिल पत्रकाहरुले खोप लगाएको भेरोसेल खोप र कोभिसिल्ड खोप लिएका पत्रकाहरुलाई बुस्टर डोज खोप दिईएको अध्यक्ष तिवारीले बताए ।

अहिले अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने क्रम जारी नै रहेको छ ।
सरकारले आइतबारदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गरेको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलाइन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरू पर्दछन । अहिले बुस्टर डोज लगाउने धेरै पत्रकाहरु भेरोसेलका खोप लगाएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: