Thursday, May 30, 2024
spot_img
Homeफिचरमधेस प्रदेश : वीरगन्ज राजधानी बनाउन भोजपुरीया प्रदेश संघर्ष समिति गठन

मधेस प्रदेश : वीरगन्ज राजधानी बनाउन भोजपुरीया प्रदेश संघर्ष समिति गठन

वीरगन्ज,६ माघ /

मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगन्ज राजधानी भोजपुरीया प्रदेश संघर्ष समिति गठन भएको छ । वीरगन्जका अधिवक्ता ओमप्रकाश गुप्ताको अध्यक्ष्तामा वीरगन्ज राजधानी भोजपुरीया प्रदेश संघर्ष समिति गठन भएको हो । बुधबार साझ बसेको राजनीतिक दलको संयुक्त बैठकले वीरगन्ज राजधानी भोजपुरीया प्रदेश संघर्ष समिति गठन भएको बैठकमा सहभागी नेकपा एमाले वीरगन्ज महानगरका सचिव सुन्दर कुर्मीले जानकारी दिए । उनका अनुसार बैठकमा नेपाली काङ्ग्रेस , जनता समाजवादी पार्टी ,लोकतान्त्रिक समाजवादीका प्रदेश सभा सदस्यका साथै जिल्लाका दलका विभिन्न तहका नेता सहभागी थिए । नेपाली काङ्ग्रेसबाट राजेश्वर साह तेली ,शंकर चौधरी लोसपाबाट प्रदेश सभा सदस्य प्रहलाद गिरि , रमेश कुर्मी, जसपाबाट प्रदेश सभा सदस्य करिमा बेगम , जन्नत अन्सारी , भिमा यादव, राघीनी वरनवाल, मन्जुर अन्सारी, पारस साह तेली सहभागी भएको उनले बताए । बैठकले वीरगन्ज राजधानी भोजपुरीया प्रदेश संघर्ष समिति मार्फत वीरगन्ज राजधानी बनाउन संघर्षको कार्यक्रम तय गर्ने निर्णय भएको उनले बताए । बैठकअघि समितिमा आवद्ध रहेका युवा विधार्थीले ५ बजे घन्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: