Monday, February 26, 2024
spot_img
Homeफिचरवीरगन्जलाई प्रदेश राजधानी बनाउन राजनीतिक दलहरूले संयुक्त संघर्ष गर्ने

वीरगन्जलाई प्रदेश राजधानी बनाउन राजनीतिक दलहरूले संयुक्त संघर्ष गर्ने


वीरगन्ज,५ माघ /
मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । आज बिहान वीरगन्जमा बसेको चार राजनितिक दलको संयुक्त बैठकले वीरगन्जलाई राजधानी बनाउ संघर्ष समिति गठन गर्न निर्णय गरेको हो । बैठकमा नेकपा एमाले वीरगन्ज महानगरका सचिव सुन्दर कुर्मी ,नेकपा एस महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, नेपाली कांग्रेस महानगरका अध्यक्ष भोला कलवार, लोसपाका नेता राजेशमान सिंह, मुकेश द्धिवेदीसहितको बैठकलले वीरगन्ज राजधानी बनाउनका लागि संघर्षको कार्यक्रम तय गर्ने निर्णय भएको लोसपाका नेता सुजित गीरिले जानकारी दिनुभयो । बैठकमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउनका लागी विभिन्न आन्दोलनको कार्यक्रम तय गर्ने र ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने निर्णय भएको गीरीले बताउनुभयो । सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएपछि पर्सामा मुख्यमन्त्री लालबाबु राउतको लगातार पुत्ला दहन हुदै आएको छ । सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोकेपछि पोखरीया बजारमा राउतको मंगलबार पुतला दहन भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: