Friday, March 1, 2024
spot_img
Homeफिचरमुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार


वीरगन्ज,४ माघ
/
मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: