Saturday, February 24, 2024
spot_img
Homeफिचरप्रेस स्वतन्त्र रहे राष्ट्र बलियो हुन्छ —नगरप्रमुख सरावगी

प्रेस स्वतन्त्र रहे राष्ट्र बलियो हुन्छ —नगरप्रमुख सरावगी


वीरगन्ज,३ माघ /
आम संचार माध्यमको प्रवद्र्धन र नियमनका लागी सरोकारवालाको भुमिका बिषयक कार्यशाला गोष्ठी वीरगन्जमा सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाको आयोजनामा आम संचार माध्यमको प्रवद्र्धन र नियमनका लागी सरोकारवालाको भुमिका बिषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठीमा सहभागी संचारकर्मीहरुले स्थानीय सरकारले संचार माध्यमलाई नियमन गर्न अधिकार नभएकाले उक्त शब्द हटाउन आग्रह गरेका थिए ।
उनीहरुले स्थानीय सरकारले संचार माध्यमको प्रवद्र्धन गर्न उद्येश्यले गरेको गोष्ठी सकरात्मक रहेको बताउँदै विज्ञापन वितरणमा केहि हदसम्म देखिएको विभेद अन्त्य गर्न सुझाएका हुन ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको विधि विद्यान अनुसार पत्रकारहरु संचालन हुने भएकाले स्थानीय सरकारले विधि विद्यानमा खासै चिन्ता नलिन जानकारी दिएका थिए ।
उनीहरु स्थानीय संचार माध्यमका प्रकाशित विज्ञापनको भुक्तानी लिन महानगरमा विभिन्न समस्या खेप्नु परेकाले यसमा सहजीकरण गर्न महानगरपालिकालाई आग्रह गरेका हुन ।
कार्यशाला गोष्ठीका प्रमुख अतिथि नगरप्रमुख विजय सरावगीले पत्रकारहरुको लागी वीरगन्ज महानगरपालिका सधै सकरात्मक रहेको बताए ।
उनले वीरगन्ज महानगरपालिकाले कसैसंग विभेद नगरेकाले सकरात्मक रुपमा सबैलाई सहयोग गर्न र पत्रकारहरुको हकहितमा सधै रहेको दावि गरे ।
नगरप्रमुख सरावगीले प्रेस स्वतन्त्र हुनुपर्ने धारण राख्दै आफु सधै प्रेसका लागी सकरात्मक रहेको बताए ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डेको अध्यक्ष्तामा भएको कार्यशाला गोष्ठीमा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने , प्रदेश महासचिव श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , बरिष्ठ पत्रकार जगदीश शर्मा , महेश दास लगायतकाले बोलेका थिए । कार्यशालाको सहजीकरण वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटाले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: