Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्ज भित्रका ‘टुटेको सडक तुरन्त निर्माण गर्न’ शान्तिपुर्ण प्रदर्शन

वीरगन्ज भित्रका ‘टुटेको सडक तुरन्त निर्माण गर्न’ शान्तिपुर्ण प्रदर्शन


वीरगन्ज,२ माघ /

वीरगन्ज महानगरपालिका भित्रको ‘टुटेको सडक तुरन्त निर्माण गर्ने ’ध्यानाकर्षण गर्दै आज शान्तिपुर्ण प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगर कमिटिका सभापति भोला कलवारको अगुवाईमा घण्टाघर चोकमा ‘टुटेको सडक तुरन्त निर्माण गर्ने ’ ध्यानाकर्षण गर्दै शान्तिपुर्ण प्रदर्शन भएको हो । शान्तिपुर्ण प्रदर्शनमा सहभागीहरुले ५ बर्षको बिकाश मेनरोड खराब,मेयर साहेब करमा ,माननीयहरु तरमा,जनता टुटेफुटेको सडकको पिडाको मारमा ,मेयर साहेब मुर्दाबाद,जनता जिन्दाबाद,लगायतका नारा लगाएका थिए । उनीहरुले वीरगन्ज महानगरपालिका कै मुटु घण्टाघर देखि माईस्थान जाने सडकखण्ड लामो समयदेखि जिर्ण अवस्थामा पुगेकाले गम्भीर भएर तुरन्त निर्माण गर्ने ’ध्यानाकर्षण गर्दै नगरप्रमुखलाई आग्रह गरेका छन । प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , कोषाध्यक्ष ईम्तियाज आलम , नेताहरु जगत साह कानु , मनोज गुप्ता , सुधिर पटेल , दिलिप राज कार्की लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: