Thursday, April 18, 2024
spot_img
Homeप्रदेशवीरगन्ज राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडी प्रदर्शन

वीरगन्ज राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडी प्रदर्शन

वीरगन्ज,२ माघ /
प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी प्रदर्शन भएको छ । आईतबार बिहान लोकतान्त्रिक समाजवादी पर्साका नेता कार्यकर्ताहरुको अगुवाइमा वीरगन्ज १३ तेजारथ टोल स्थित मुख्यमन्त्री राउतको घर अगाडी प्रदर्शन भएको हो ।
वीरगन्जलाई राजधानी बनाउनलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार मुख्यमन्त्री राउतको घर अगाडि शान्तिपूर्ण प्रदर्शन भएको लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहले जानकारी दिए ।
उनका अनुसार कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै सरकारको निर्देशनलाई पालना गर्दै बढि भिडभाड तथा भेला नगरी शान्तिपूर्ण प्रदर्शन भएको हो ।
शान्तिपूर्ण प्रदर्शनमा नेताहरू सुजित गिरी,राजु गुप्ता ,महादेव कुर्मी ,सजीव यादव ,संजय मण्डल लगायतकाको सहभागिता रहेको थियो ।
गत शुक्रबार लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाइमा प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाइएका थिए । मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाइएको हो ।
गत मंगलबार वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा प्रदर्शन भएको थियो गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता–कार्यकर्ताले वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: