Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीसुर्य होस्पीटलमा अब प्रसुती निःशुल्क हुने ।

सुर्य होस्पीटलमा अब प्रसुती निःशुल्क हुने ।

वीरगन्ज ,३० पौष /

बीरगन्ज स्थित सुर्य होस्पिटलमा माध १ गते देखी आमा सुरक्षा कार्यक्रम अनुसार निःशुल्क प्रसुती सेवा सुरु हुने भएको छ ।

सुरक्षित र निःशुल्क प्रसुती गराउन स्वास्थ मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगञ्ज स्थित सूर्य हस्पिटल प्रा.ली. लाई ‘आमा सुरक्षा कार्यक्रम ‘ सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ । सोही अनुसार बीरगन्ज महानगर पालिका स्वास्थ महाशाखा सित सुर्य होस्पीटल को सम्झौता सम्पन्न भएको छ ।

विशेषज्ञ चिकित्सकबाट समान्य र जटिल प्रसुती सेवा एवम् शल्यक्रिया द्वारा गरीने प्रसुती सेवा समेत निःशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न आमा सुरक्षा कार्यक्रम सुचारु गरीएको होस्पीटल का संचालक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मोनिका यादव सिंह ले जानकारी दिनु भएको छ ।

आमा सुरक्षा कार्यक्रम मा उल्लेख सेवा सुबिधा दिन हामी प्रतिवद्ध रहेको होस्पीटल का अध्यक्ष डा. सरोज सिंह बताउनु हुन्छ। आमा सुरक्षा कार्यक्रमको अनुमति प्राप्त गरेपछि निःशूल्क रुपमा डेलीभरी हुने र वीरगञ्ज सहित समग्र पर्सा , बारा , रौतहटका र सर्लाही का जनताहरु लाभान्वित हुने डा. सिँहको दावी छ । आमा सुरक्षा कार्यक्रमबाट आम गरीव को उपचार विशेषज्ञ चिकित्सकबाट सुर्या अस्पताल ले गर्न अवसर पाएको मा सन्तोष लागेको डा.सिंह बताउनु हुन्छ । डा. सिंह ले प्रदेश सरकारबाट ५० बेड क्षमता को अनुमति पनि यो सुर्या होस्पीटल ले प्राप्त गरेको जानकारी दिनु भयो। पत्रकार सम्मेलन मा नवजात शिशु विशेषज्ञ डा कुश राज गिरी ले सुरक्षित प्रसुती संगै शिशु को पनि स्वास्थ मा ध्यान दिइने बताउनु भयो ।

२०७८ सावन ७ गते परिवार कल्याण महाशाखा मा सिफारिस गरेको थियो ।महानगर पालिका को सिफारिस प्राप्त गरे पछी र स्वंम आफै अनुगमन गरे पश्चात स्वास्थ सेवा विभाग को २०७८ कार्तिक २२ गते निर्णय अनुसार परिवार कल्याण महाशाखा ले आमा सुरक्षा कार्यक्रम संचालन गर्न सुर्य अस्पताल लाई स्वीकृत दिएको छ । १३ बेडको आईसियु, ४ वटा अप्रेशन थ्रिएटरसहित मेडिकल आईसियु, सर्जिकल आईसियु लगायतका सेवा सुविधा सुर्या होस्पीटल मा रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: