Thursday, May 30, 2024
spot_img
Homeफिचरसुर्या अस्पतामा माघ १ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु हुने

सुर्या अस्पतामा माघ १ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु हुने

वीरगन्ज ,३० पौष /

वीरगञ्जको सुर्या अस्पतालले भोली माघ १ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु गर्ने भएको छ । अस्पतालका संचालक डाक्टर सरोज सिंहले पत्रकार सम्मेलनको आयोजना गर्दै सेवाको बारेमा जानकारी दिनु भयो । डाक्टर सिंहले प्रसुती दरमा सुधार ल्याउन तथा सुरक्षीत तथा निशुल्क प्रसुती गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगञ्जको सुर्या अस्पताललाई आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि ५० शैयाको स्वकृती दिएको जानकारी गराउनु भयो ।
अस्पतालकी अर्का संचालिका एवम् प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डाक्टर मोनिका यादव सिंहले प्रत्येक गर्भवती महिलाले सुरक्षीत र गुणस्तरीय प्रसुती सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यबाट कार्यक्रम संचालन हुदाँ मातृदरमा कमी ल्याउन मदत पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
पत्रकार सम्मेलनमा डाक्टर कुशराज गिरी, पत्रकार महेश दास, अनुप तिवारी, रितेश त्रिपाठी लगायत स्थानिय संचारकर्मीको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: