Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्जलाई राजधानी बनाउन प्रजिअ मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्जलाई राजधानी बनाउन प्रजिअ मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज,३० पौष /
प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाईएको छ ।
लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाईमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाईएको हो ।
वीरगन्जलाई राजधानी बनाउनलाई पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार मुख्यमन्त्री राउतको घर अगाडी शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई स्थगीत गरेर ज्ञापनपत्र बुझाईएको लोकतान्त्रिक समाजवादी पर्साका नेता सिंहले जानकारी दिए ।
उनका अनुसार कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको भन्दै सरकारको निर्देशनलाई पालना गर्दै भिडभाड तथा भेला गरी ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझाउने टोलीमा नेताहरु मुकेश द्धिवेदी ,उमेशलाल सहनी , सुजित गीरी लगायतकाहरुको सहभागीता रहेको थियो ।
गत मंगलबार वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा प्रदर्शन गरेका थिए ।
भने गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरूको वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: