Thursday, June 13, 2024
spot_img
Homeफिचरग्लोबल क्लेजलाई हराउँदै सत्यम फाइनलमा

ग्लोबल क्लेजलाई हराउँदै सत्यम फाइनलमा


वीरगन्ज,२९ पौष /

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सत्यम पब्लिक कलेजले ग्लोबल कलेजलाई २१ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सत्यम कलेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । सत्यमका सलमान आलमले सर्वाधिक २९ रन, इमरान अन्सारीले नट आउट १८ रन र सुमित कुमारले १३ रन बनाएका थिए । ग्लोबलका रोहन यादवले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । विकास गुप्ताले २ र इमारन शेखले एक विकेट लिन सफल भएका थिए ।
९४ रनको लक्ष्य पाएको ग्लोबल कलेजका ब्याट्सम्यानहरु १८.३ ओभरमै अलआउट भई ७२ रनमा खुम्चिएका थिए । ग्लोबलका इमार शेखले २१ रन, विकास गुप्ताले १८ रन बनाए । सत्यमका बलर अभय यादवले उत्कृष्ट बलिङ प्रर्दशन गरेका थिए । उनले ४ ओभरमा मात्र ७ रन दिइ ४ विकेट लिएका थिए । निरज पटेलले ३ र सरोज यादवले २ विकेट लिएका थिए । सत्यमका अभय यादव म्यान अफ दि म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: