Thursday, February 29, 2024
spot_img
Homeफिचरवीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्ज,२७ पौष /
वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो ।
काँग्रेसले निकालेको दबाब मुलुक जुलुशले माईस्थान ,घण्टाघर, आदर्शनगर हुदै नगरको परिक्रमा गर्दै घण्टाघरमै पुगेर जुलुश कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, विद्यायकहरू होसियार’लगायतका नारा लगाएका थिए ।
कोणसभालाइ सम्बोधन गर्दै नेताहरुले भौतिक पूर्वाधार,विकासको सुचांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नु पर्ने माग गरेका छन् ।
मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको र अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको नेताहरुले आरोप पनि लगाए ।
पर्साका प्रदेशसभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशीक राजधानी बनाउनका लागि काँग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे ।
कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाइ मुख्यमन्त्री होइन राजधानी चाहिएको बताए ।
मधेस आन्दोलन ताका मधेसी दलका शीर्ष नेताहरुले वीरगन्जमै आएर राजधानी वीरगन्जलाइ बनाउने ती नेता अहिले भुलेकाले अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने बेला आइसकेको बताए ।
गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरूको वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: