Thursday, May 30, 2024
spot_img
Homeफिचरमधेशमा एमाले विरुद्ध गलत भ्रम फैलाउने बढि मन्त्री भए — महासचिव पोखरेल

मधेशमा एमाले विरुद्ध गलत भ्रम फैलाउने बढि मन्त्री भए — महासचिव पोखरेल

वीरगन्ज,२७ पौष /
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतको समयमा मधेशी जनतामा नेकपा एमाले विरुद्ध गलत भ्रम फैलाउनेहरु नै बढि एमालेको सरकारमा गएको बताएका छन ।
उनले केपी ओली नेतृत्वको सरकारमा सबैभन्दा बढि मन्त्री मधेशबाट भएर नेकपा एमाले विरुद्ध भ्रम फैलाउनेलाई मधेशी जनताले चिनिसकेको बताएका हुन ।
नेकपा एमाले पर्साको ८ औ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले नेकपा एमालेलाई मधेशी विरोधी पार्टी भनेर सतामा पुगेकालाई यसपटक चुनावमा जनताले जवाफ दिने दावि गरेका हुन ।
पुर्व मुख्यमन्त्री पोखरेल एमालेको सरकारमा सबैभन्दा बढि लोसपा र जसपाका नेताहरुले मन्त्री भएर बढि अवसर लिएर मधेशमा भ्रम फैलाएको उनले आरोप लगाए ।
अहिलेसम्म मधेशमा भएको बिकाश एमाले बाहेक कसैले गर्न नसकेकाले आउने निर्वाचनमा नेकपा एमाले नै जनताको रोजाईको पार्टी हुने बताए ।
उनले विगतका सरकारले मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसकेपछि एमालेको सरकारले पुरा गरेको उनको भनाइ थियो ।
पोखरेलले हालसम्म प्रदेश नम्बर २ भएको केपी शर्मा नेतृत्वको सरकारले दिलाएको उपलब्धि मात्र भएको पनि बताए । जसपा नेतृत्व प्रदेश २ सरकार नेपालको सबैभन्दा बढि भ्रष्टचार र काम गर्न नसक्ने सरकारको रुपमा स्थापित भएको उनले बताए ।
संघिय सरकारले उपलब्ध गराएको बजेट पनि खर्च गर्न नसक्ने लालबाबु राउतको सरकार भ्रष्टचारमा डुबेको उनले आरोप लगाए ।
विभिन्न अवसरवादी कारण नेकपा एकता टुटेको बताउँदै उनले आउने निर्वाचनमा नेकपा एमालले नै देशको पहिलो शक्तिको रुपमा स्थापित हुने उनले दावि गरे ।
एमालेको जिल्ला अधिवेशनको उद्घाटन शत्र पश्चात भोली पौष २८ गतेसम्म चल्ने बन्दशत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
एमाले पर्साका अध्यक्ष प्रभु हाजराको अध्यक्ष्तामा भएको कार्यक्रममा एमाले सचिव रघुविर महासेठ , स्थायी कमिटि सदस्य प्रभु साह ,पोलिटब्युरो सदस्य ज्वाला साह लगायतकाले मन्तव्य राखेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: