Sunday, February 25, 2024
spot_img
Homeफिचरएमाले जिल्ला सचिवमा संजीव मिश्राको उम्मेदवारी दिने घोषणा

एमाले जिल्ला सचिवमा संजीव मिश्राको उम्मेदवारी दिने घोषणा

facebook sharing button
twitter sharing button
whatsapp sharing button
messenger sharing button
एमाले पर्सा जिल्ला सचिवमा  संजीव मिश्राको उम्मेदवारी दिने घोषणा ।

वीरगन्ज ,२७ पौष /

नेकपा एमाले पर्सा जिल्लाको ८ औ जिल्ला अधिबेशनमा  पर्सा जिल्ला कमिटिको सचिव पदमा संजीव कुमार मिश्राको उम्मेदवारी घोषणा भएको नेता प्रधूमन चौहानले बताएका  छन ।  
पर्साको पोखरिया नगरपालिकामा पर्सा क्षेत्र नंबर ३ का सम्पूर्ण नेता तथा अगुवा कार्यकर्ता लगायत भएको भेलाले सर्वसहमतिले जिल्ला सचिवका लगी क्षेत्र ३ बाट संजीव मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णय पछी  नगर कमिटी अध्यक्ष बिधाचल ठाकुरले मिश्राको  उम्मेदवारी घोषणा गरेका छन । 

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ,पर्सा जिल्ला सह इनचार्ज तथा सबिधान सभा सदस्य राजकुमार गुप्ता , सबिधान सभा सदस्य तथा प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , तेजप्रकाश निषाद , हीरा साह ,जिल्ला कमिटी सदस्य बासुदेव चौधरी , यशवंत यादव, बिकाश पाण्डेय , भगवान कर्मी , फ़रमान मियाँ , रामेश्वर चौहान , सुरेश पसवान , राधा साह कानु , प्रमोद कुश्वाहा , अकलेश साह , लक्ष्मण चौरसिया, सागिर मियाँ ,गमिरा साह , हनीफ़ मियाँ , लक्ष्मीना कुश्वाहा, सुनील कुश्वाहा , पटेर्वा सुगौली गाऊपालिका अध्यक्ष हरी चौधरी,  युवा संघ सचिवालय सदस्य महमद निजाम , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , नगर कमिटी सचिव संतोष गिरी  लगायतको उपस्तिथि रहेको थियो ।

बिधार्थी जीवनकाल देखी नै राजनीतिमा लागेका मिश्रालाई क्रियासील नेताका रुपमा पनी चिनिछ । झण्डै २० वर्ष भन्दा लामो राजनीतीमा लगेका तथा अनुभव बटुलेका अब जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको हुँदा पार्टीलाई अझै सुदृढ र गतिशिल बनाउन जिल्ला अधिवेशनमा सचिवको उम्मेदवारी दिने उनले बताएका छन ।समग्र पार्टीमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलीरहेका बेलामा युवाको सहभागीता हुनुपर्ने आवश्यक्ता परेकोले अब  भनेर भन्दा पनि गरेर देखाउन र गरेर देखाउनका लागि नै नेकपा एमाले पर्सा जिल्ला कमिटीमा आफू सचिवको दाबेदार भएको मिश्राले बताएका छन् ।
 
आउँदा दिनमा हुने तिनै तहको निर्बाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप बनाउने,पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जँगरको समन्वय गरी अगाडी बढ़ने बताए । पार्टीमा युवा, महिला, आदिवासी जनजाति, पीछडिएका समुदाय, पाका ज्येष्ठ कम्युनिष्ठ नेता कार्याकर्ता, एवं पार्टी एकिकरण तथा समायोजन तर्फका सवैको भावनालाई समेटदै, उचित स्थान र अवसर दिएर पार्टीलाई अगाडि बढाउन आफुसंग  कार्यक्रम तथा दृष्टीकोण रहेको नेता उनको दावी छ ।
 
बिधार्थीकाल देखी राजनीतिमा आएका मिश्राको राजनीतिक यात्रा

१ रास्ट्रिय युवा  संघ नेपालका बिरगंज नगर कमिटी सहसचिव 

२  पर्सा क्षेत्र नंबर ३ का क्षेत्रिय कमिटी 

३ युवा संघ जिल्ला कमिटी सचिव  

४ नेकपा एमालेका जिल्ला कमिटी  सदस्य 

५ प्रेस चौतारी जिल्ला सचिव 

६ पत्रकार महासंघ पर्सा शाखा २ कार्यकाल सदस्य 

७ नेकपा एमाले प्रदेश २ का प्रदेश कमिटी सदस्य

 उनी संग राजनीति ज्ञान र अनुभव बढ़ी रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: