Saturday, February 24, 2024
spot_img
Homeफिचरयुवा नेता परागको जिल्ला उपसचिव जित्ने दावी

युवा नेता परागको जिल्ला उपसचिव जित्ने दावी

वीरगन्ज,२७ पौष /

युवा नेता रामकिशोर सिंह ( पराग) नेकपा एमाले पर्साको जिल्ला अधिवेशनमा उपसचिव लडने घोषणा गरेका छन ।

आजदेखी वीरगन्जमा हुन थालेको ८ औं जिल्ला अधिवेशनमा उपसचिव लडने घोषणा गरेका हुन ।

२०७४ सालको स्थानीयतहको निर्वाचन १ मतले वडा अध्यक्षमा पराजित भएर पनि रामकिशोर राजनीतिमा झन सक्रिय रहेका युवा नेता हुन् ।

विभिन्न समाजिक कार्यमा सक्रिय रहने उनी यसपटक जिल्लाको नेतृत्वमा युवाको सहभागीता गराउनमा सक्रिय रूपमा लागेका छन ।

विधार्थी आन्दोलनको समयमा नेबिसंघको संघाती प्रहारले मृत्युबाट बचेका रामकिशोर
त्रि-चन्द्र क्याम्पसमा लोकप्रिय नेताको रूपमा स्थापित थिए ।

विभिन्न बिद्यार्थी आन्दोलनमा त्रि-चन्द्र क्याम्पसमा लोकप्रिय रहेका उनलाई क्याम्पस भित्र बाहिरी गुंडाहरु प्रयोग गरि टाउको देखि खुट्टा सम्म कुटपिट गरेर घाइते बनाएका थिए ।

परागको राजनीतिक यात्रा ?

रामकिशोर करिब १८ बर्ष देखि नियमित रूपमा राजनीतिमा सक्रिय रहेका छन

२०६० साल देखि राजनीतिक यात्रा सुरु गरेका रामकिशोर २०६४ साल अनेरास्ववियु त्रि-चन्द्र क्याम्पस कमिटीको सदस्य हुदै सचिवालय सदस्य भए ।

यस्तै अनेरास्ववियु त्रि-चन्द्र क्याम्पस कमिटी कै दुई कार्यकाल सचिव हुँदै २०६९ मा अध्यक्ष पनि भएको उनको भनाइ छ ।

रामकिशोर २०६८ नेकपा (एमाले ) पर्सा काठमाडौ सम्पर्क मन्चको सचिव भए भने
२०६८ संगठित सदस्य ,सोही बर्ष मधेसी बिद्यार्थी केन्द्रिय सम्पर्क कमिटीको सचिव हुदै अध्यक्ष पनि भए ।

२०७७ सम्म नेकपा (एमाले ) को स्वमंसेवकको भुमिकामा निरन्तर सक्रिय रहेका रामकिशोर २०७८ नेपाल खेलकुद महासंघको केन्द्रिय सचिव भएका छन ।
अहिले नेकपा (एमाले) जिल्ला कमिटी सदस्य पदमा रहेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: