Thursday, April 18, 2024
spot_img
Homeफिचरएमाले पर्सा अध्यक्षमा ५ जना भिड्ने

एमाले पर्सा अध्यक्षमा ५ जना भिड्ने


वीरगन्ज,२६ पौष /

नेकपा एमालेको एमाले पर्साको जिल्ला अधिवेशन भोली मंगलबार २७ र २८ गते वीरगंजमा हुँदैछ । पार्टीको दशौं महाधिवेशन पछि पार्टी भित्र दुईधार छैन ।

पर्सामा पनि केपी ओली पक्षिय धार मात्रै भए पनि यहाँ जिल्ला अध्यक्षको दावि गर्नेहरु धेरै छन् । जिल्ला कमिटीको अध्यक्षका लागि झण्डै आधा दर्जन नेताहरूको दौडमा छन् ।

एकपछि अर्कोले अध्यक्षको लागि दाबेदारी गरिरहेका छन् ।

आइतवार पत्रकार सम्मेलन गरेर छिपहरमाई गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले पर्साका सचिव मनोज गुप्ताले अध्यक्ष पदको दाबेदारी प्रस्तुत गरे ।

उनले लामो समयदेखि पार्टीमा काम गर्दै आएको र सचिव पदको जिम्मेवारी पनि निर्वाह गरिसकेकोले पुस २७ गते हुने जिल्ला अधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।

यस्तै तीन दशक भन्दा लामो अवधि देखि नेकपा पर्साको निर्णायक भूमिकामा रहेका सुन्दर कुर्मी पनि अध्यक्ष लड्ने बताएका छन ।

उनले विभिन्न संचारमाध्यमबाट अध्यक्ष पदमा लड्ने दावि गरेका छन । कुर्मी विचमा केही समय पार्टीबाट विद्रोह गरेर मधेशकेन्द्रीत दल जनता समाजबादी पार्टीमा गएका थिए ।

जसपामा पनि उनले जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएका थिए । फेरी पनि उनी एमालेमा नै फर्किए । र अहिले जिल्ला अध्यक्ष लड्ने उनको भनाई छ ।

यस्तै नेकपा एमाले वीरगन्ज महानगरपालिकाका उपाध्यक्ष डा विश्वम्भर शर्मा पनि यसपटक अध्यक्ष बन्ने दाउमा छन । शर्माले जिल्ला अध्यक्षको जिम्मेवारी पाएमा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा मार्ग निर्दिष्ट गरेको लाईन, योजना तथा कार्यक्रम अक्षरस लागु गरि नेकपा एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

संविधानसभा सदस्यद्वय जयप्रकाश थारू, विचारी यादवले अध्यक्षका लागि दाबी गरेक छन ।

२०७० सालको निर्वाचनमा निर्वाचित सांसदद्धय जिल्ला अध्यक्ष बन्नका लागी माथिल्लो नेताहरु संग परामर्शमा छन ।

थारु पार्टीको दशौं महाधिवेशन केन्द्रिय सदस्यमा पराजित भएर अहिले जिल्ला अध्यक्षका लागी दावि गरेका छन ।

भने यादव पार्टीको दशौं महाधिवेशनका लागी महाधिवेशन प्रतिनिधि पनि बन्न पाएनन् ।

तर यसपटक नेताहरुको परामर्शमा सर्वसहमत रुपमा जिल्ला अध्यक्ष बन्न कै लागी दावि गरेका छन ।

प्रदेश कमिटि सदस्य नवराज शर्मा पनि अध्यक्ष बन्ने दाउमा छन । पार्टीको दशौं महाधिवेशनका लागी महाधिवेशन प्रतिनिधि बन्न लागी परेका शर्मा समेटिएन्न । तर सर्वसहमत नभएपनि चुनाव लडेर जिल्ला अध्यक्ष युवालाई बनाउन आग्रह गरेका छन ।

पर्सा इन्चार्ज एवं केन्द्रीय सदस्य प्रभु हजराले भने अधिवेशनमा अध्यक्षका आकाङ्क्षीहरू जति देखिए पनि पदाधिकारी सदस्यहरू सबै सर्वसम्मत चयन हुने दाबी गरे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: