Monday, February 26, 2024
spot_img
Homeफिचरशिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय


वीरगन्ज,२६ पौष /

शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो।

उक्त बैठकले सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ। आइतबार बसेको सिसिएमसिसीको बैठकले विद्यालय बन्द गराउन मन्त्रालयलाई सिफारिस गरेको थियो। कोरोना संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: