Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्ज राजधानी बनाउन ज्ञापन पत्र बझाउनेदेखी धर्ना बस्ने

वीरगन्ज राजधानी बनाउन ज्ञापन पत्र बझाउनेदेखी धर्ना बस्ने


वीरगन्ज,२६ पौष /

वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन दबाव दिन ज्ञापन पत्र बझाउनेदेखी धर्ना बस्ने सम्मको कार्यक्रम तय भएको छ ।

आइतबार बसेको एक बैठकले वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन निकालिएको खबरदारी जुलुश पछिको भावी रणनीतिको बारे छलफल गर्दै धर्ना बस्ने सम्मको कार्यक्रम तय भएको हो ।

बैठकले पुस २८ गते बुधबार प्रदेश नं २ को प्रतिपक्षिय संसदीय दलको नेतालाई ज्ञापन पत्र बुझाउने र पुस ३० गते शुक्रबार प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीको वीरगन्ज निवास अगाडी शान्तिपूर्ण धरना तथा प्रदर्शन गर्ने निर्णय गरेको लोसपाका युवा नेता राजेशमान सिंहले जानकारी दिए ।

प्रदेश २ को एक मात्र महानगरपालिका, स्वास्थ्य र शिक्षाको हब बन्दै गएको वीरगंजलाई राजधानी बनाउन हरेक प्रयास गरिने उनले वताए ।

वीरगन्जको मतबाट निर्वाचित भएर वीरगन्जबासीलाई धोखा दिने नेतालाई जनताले पनि पहिचान गर्नु पर्ने उनको भनाई थियो । नेता सिंहले वीरगन्जलाई राजधानी बनाउन सबै एकजुट हुनु पर्ने पक्षमा आफु रहेको बताए ।होटल पुजनमा बसेको बैठकमा प्रदेश सभा सदस्य प्रहलाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरी लगायतकाको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: