Saturday, February 24, 2024
spot_img
Homeफिचरएमाले जिल्ला सचिव जित्ने शिवजीको दावि

एमाले जिल्ला सचिव जित्ने शिवजीको दावि

वीरगन्ज,२६ पौष /
नेकपा एमाले पर्साको जिल्ला अधिवेशन मंगलबार पुस २७ र २८ गते वीरगन्जमा हुँने तयारी भएपछि उम्मेदवारहरु खुल्न थालेका छन ।
पार्टीको दशौं महाधिवेशन पछि पार्टी भित्र दुईधार छैन । पर्सामा पनि केपी ओली पक्षिय धार मात्रै भएपनि यहाँ जिल्ला अध्यक्ष देखि सबै पदाधिकारीमा दावि गर्नेहरु धेरै छन् ।

जिल्ला कमिटीको सचिवका लागि झण्डै आधा दर्जन नेताहरूको दौडमा छन । त्यसमध्येका पार्टीका युवा नेता शिवजी गुप्ता पनि अग्रपंतिमा छन् ।
करिब दुई दशक भन्दा लामो अवधि देखि नेकपा एमाले पर्साको विभिन्न संगठनमा निर्णायक भूमिकामा रहेका शिवजी यसपाली जिल्ला सचिव बन्ने दाउमा छन । २ दशक अगाडी संगठित सदस्य भएका शिवजी अहिले नेकपा एमाले जिल्ला कमिटि सदस्य छन ।

शिवजीको कसरी भयो राजनिति सुरुवात ?


२०५३ सालमा नृसिह निम्न मावीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बाट राजनीति सुरुवात गरेका शिवजी अहिले नेकपा एमाले पर्साको जिल्ला कमिटी सदस्य छन ।

यस्तै २०५७ सालमा अनेरास्ववियु बिसिसी क्याम्पस कमिटी सदस्य भएर २०५९ सालमा अनेरास्ववियु ठाराब क्याम्पस बिबिएस क्लास कमिटी सदस्य भएको उनी बताउँछन् ।

२०६३ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य र २०६४ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक भएका हुन ।
२०६५ सालमा जिल्ला कमिटी सम्मेलन बाट अध्यक्ष, २०६६ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटी उपाध्यक्ष भएको उनको भनाई छ ।
यस्तै २०६७ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटी अध्यक्ष र
२०६७ सालमा अनेरास्ववियु २०औं महाधिवेशन केन्द्रिय सदस्य भए । २०६८ सालमा स्थानीय बिकास मन्त्री उर्मिला अर्याल स्वकीय सचीव समेत भइसकेका छन ।
२०७० सालमा अनेरास्ववियु २१ औं महाधिवेशन केन्द्रिय सचिवालय सदस्य र
२०७२ सालमा अनेरास्ववियु २२औं महाधिवेशन बाट पराजित भएर केन्द्रिय लेखा आयोग भए ।
२०७३ सालमा राष्ट्रिय कबडी सघ नेपाल पर्साका अध्यक्ष
र २०७५ सालमा नेकपा एमाले ,जिल्ला कमिटि सदस्य
२०७७ साल भुमि सम्बन्धि समस्या समाधान आयोग,पर्साका सदस्य भए । भने नेपाल खेलकुद महासघ केन्द्रिय कमिटी उपमहासचिव रहेका छन । यस्तै एमबिएस प्रथम बर्ष त्रिभुवन बिश्वबिद्धालय उर्तीण गरीसकेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: