Thursday, June 13, 2024
spot_img
Homeफिचरएमाले पर्साको जिल्ला सचिव लड्ने हाजराको घोषणा

एमाले पर्साको जिल्ला सचिव लड्ने हाजराको घोषणा

वीरगन्ज,२५ पौष /

नेकपा एमाले पर्साको जिल्ला अधिवेशन यही पुस २७ र २८ गते वीरगन्जमा हुँने तयारी भएपछि उम्मेदवारहरु खुल्न थालेका छन ।

पार्टीको दशौं महाधिवेशन पछि पार्टी भित्र दुईधार छैन । पर्सामा पनि केपी ओली पक्षिय धार मात्रै भएपनि यहाँ जिल्ला अध्यक्ष देखि सबै पदाधिकारीमा दावि गर्नेहरु धेरै छन् ।

जिल्ला कमिटीको सचिवका लागि झण्डै आधा दर्जन नेताहरूको दौडमा छन । त्यसमध्येका पार्टीका युवा नेता मानदेव हाजरा पनि अग्रपंतिमा छन् ।

करिब दशक भन्दा लामो अवधि देखि नेकपा एमाले पर्साको विभिन्न संगठनमा निर्णायक भूमिकामा रहेका मानदेव यसपाली जिल्ला सचिव बन्ने दाउमा छन । २०५२ सालमा संगठित सदस्य लिएका हाजरा अहिले नेकपा एमाले जिल्ला कमिटि सदस्य छन ।

२६ बर्ष अगाडी पार्टी सदस्यता लिएका हाजरा पार्टीमा कहाँ काम गरे ?

२०५० सालमा अनेरास्ववियुको स्कुल प्रारम्भीक अध्यक्षबाट राजनिति सुरुवात गरेका हाजरा अहिले नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्षको पदमा छन । २०५२ सालमा अनेरास्ववियुको क्याम्पस अध्यक्ष भएर २०५४ सालमा अनेरास्ववियुको नगर अध्यक्ष भएको उनी बताउँछन । हाजरा २०५४ सालमा वडा कमिटि सदस्य भए । यस्तै २०५५ सालमा अनेरास्ववियुको क्षेत्रिय नम्बर १ को प्रमुख भए । भने २०५६ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सदस्य भएका थिए ।

२०५८ सालमा पार्टीको नगर कमिटि सदस्य भए । उनी भन्छन,गोकुल घर्तीको प्यानल बाट अनेरास्ववियुको केन्द्रिय सदस्यमा चुनाव लडेर केहि मतान्तरले पराजित भए । हाजरा अनेरास्ववियुबाट विदा भएर २०६६ सालमा नेपाल खेलकुद महासंघ पर्साको संस्थापक जिल्ला अध्यक्ष भए । उनी त्यसपछि २०६८ सालमा नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटि सदस्य र नारायणी अन्चल ईन्चार्ज भएका हुन । यस्तै २०७२ सालमा पार्टीको नगर कमिटि सचिव हुदै क्षेत्रिय सहसचिव , दुई कार्यकाल सचिव र नेकपा एमाले ईलाका नम्बर ४ को सचिव भएका थिए । भने मुक्ति समाजको जिल्ला सदस्य भएको केहि अन्तरालमा केन्द्रिय सदस्य भएको उनको भनाई छ । पार्टीको राजनिति संगै हाजरा जिल्ला खेलकुद बिकाश समिति पर्साका अध्यक्ष २०६४ सालमा भए भने २०७२ साल मध्यमान्चल खेलकुद बिकाश समिति अध्यक्ष हुदै अहिले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: