Thursday, April 18, 2024
spot_img
Homeखेलखुदग्लोबल कलेज विजयी

ग्लोबल कलेज विजयी

वीरगन्ज,२५ पौष /

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत आईतबार भएको खेलमा ग्लोबल बिजनेश कलेज विजयी भएको छ । खेलमा ग्लोबल बिजनेश कलेजले वीरगन्ज पब्लिक कलेजलाई ७२ रनले पराजित गरेको हो ।
खेलमा टस जितेर पहिलो ब्याटीङ गरेको ग्लोबल बिजनेश कलेजले २० ओभरमा खेल्दै १ सय ४६ रन बनाएको थियो । ग्लोबल बिजनेशका मनथन साहले सर्वाधिक ३३ रन बनाए ।

२ चौका प्रहार गरेका साहले ३७ बल खेलेका थिए ।यस्तै ग्लोबल बिजनेशका रन्जन साहले २१ रन जोडेका थिए । वीरगन्ज पब्लि कलेजका महफुज आलम र आयुष सिंहले ४र४ विकेट लिएका थिए । १ सय ४७ रनको लक्ष्य पाएको वीरगन्ज पब्लिक कलेजले १६ ओभर खेल्दै अलआउट हुदै ७४ रन बनाएको थियो । वीरगन्ज पब्लिक कलेजका बिजय रामले सर्वाधिक १८ रन र करण पालले ११रन बनाएका थिए । ग्लोबल बिजनेशका सोयब अख्तर ४ विकेट र शेख ईमरानले ३ विकेट लिएका थिए । गलेबल बिजनेशका शेख ईमरान म्यान अफ दि म्याच घोषित भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: