Thursday, June 13, 2024
spot_img
Homeफिचरपोखरियामा सरकारी कार्यालय शाखाहरूको माग

पोखरियामा सरकारी कार्यालय शाखाहरूको माग


वीरगन्ज,२५ पौष /

हनुमान मन्दिर परिसर, पोखरियामा शनिवार सम्पन्न सर्वपक्षीय भेलाले जिल्लाको सरकारी कार्यालयहरूको सेवा केन्द्र पोखरियामा स्थापनाका लागि सङ्घर्ष समिति गठन गरेको छ ।

आज सम्पन्न भेलामा सबैजसो सरकारी कार्यालय वीरगंज केन्द्रित भएको र दूरदराज गाउँबाट वीरगंजसम्म गएर सेवा लिन सर्वसाधारणलाई समस्या भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखाहरू पोखरियामा स्थापना गर्न माग गरेका थिए ।

सर्वपक्षीय भेलाले निजामुद्दीन समानीको संयोजकत्वमा २३ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।

यस अघि नेपाली काङ्ग्रेस क्षेत्र नं.३ का सभापति श्रीकृष्ण चौहानले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ उमेशुकमार ढकाललाई ज्ञापनपत्र बुझाउँदै महानगर केन्द्रित सरकारी कार्यालयहरूको शाखा जिल्लाको मध्य भाग पोखरियामा स्थापना गर्न माग गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: