Saturday, February 24, 2024
spot_img
Homeफिचरएमालेको जगरनाथपुर गाउपालिका अधिवेशन सम्पन्न , तबरेज अंसारीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी...

एमालेको जगरनाथपुर गाउपालिका अधिवेशन सम्पन्न , तबरेज अंसारीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी चयन

वीरगन्ज ,२४ पौष /
नेकपा एमालेको जगरनाथपुर गाउपालिकाको पहिलो अधिवेशन सम्पन भएको छ । शनिवार सम्पन गाउपालिका अधिवेशनले तबरेज अंसारीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रामायण प्रसाद यादव, सचिवमा बासदेव महरा, सह सचिवमा बकरिदी राउत गद्दी , हिरा साह लगायतका रहनु भएको छ । यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा ईन्चार्ज प्रभु हजराले अधिवेशनको उदघाटन गर्दै आउदो निर्वाचनमा स्थानिय,प्रदेश र संघमा एमालेको सरकार बन्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटाले जनता केपी ओली नेतृत्वको सरकार बनाउन आतुर रहेको बताउनु भयो । एमालेको बिरोधमा बनेको ५ दलिय गठबन्धनलाई जनताले तह लगाउने उहाले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष डा.विश्वम्भर शर्मा,सचिव मनोज गुप्ता,जगर्नाथपुर गाउपालिका प्रमुख जालिम मियां , एमाले नेता मुसालिम मिया,अनुप तिवारी लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: