Thursday, June 13, 2024
spot_img
Homeफिचरराजधानी माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन

राजधानी माग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन

वीरगन्ज,२४ पौष /

प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंहको अगुवाइमा दबाबमुलक जुलुस निकालेर प्रदर्शन गरिएको हो।
जुलुसमा सहभागीहरुले मुख्यमन्त्री चाहिँदैन, वीरगन्ज बेच्न पाइँदैन, मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु होसियार भन्दै नारा लगाएका थिए।

वीरगन्जको आदर्शनग स्थित स्वीमिङपुल परिसरबाट बाजागाजासहित निस्किएको जुलुस आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै लोसपाका नेता एंव प्रदेश सांसद प्रह्लाद गिरीले मधेस आन्दोलनको केन्द्र वीरगन्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्ने माग गरे।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: