Saturday, February 24, 2024
spot_img
Homeफिचरवीरगञ्जलाई राजधानी बनाउनुपर्ने मेरो अडान कायमै- प्रह्लाद गिरि

वीरगञ्जलाई राजधानी बनाउनुपर्ने मेरो अडान कायमै- प्रह्लाद गिरि

वीरगन्ज,२३ पौष /

प्रदेशसभा सदस्य प्रह्लाद गिरिले प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने कुरालाई दोहोर्‍याएका छन् ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमसमेतमा गिरि प्रदेशको राजधानी जनकपुरको पक्षमा रहेको भन्ने खबरहरुलाई झुठो बताउँदै उनले आफुलाई बदनाम गराउन प्रपंच रचिएको आरोप लगाएका छन् ।

बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै लोसपाले प्रदेश नम्बर २ को नामकरण र राजधानी कायम गर्ने सम्बन्धमा गठन गरेको प्रदेश स्तरीय ससंदीय वार्ताटोली आफ्नो सहभागिता र सहमति नभएको गिरिले स्पष्ट पारेका हुन् ।

उनले भ्रममा नपर्न आग्रह गर्दै आफु पार्टी र पद भन्दामाथि उठेर सधै आफ्नो मातृभुमि वीरगञ्जलाई राजधानी बनाउने कुरालाई प्रदेशको सदनदेखि विभिन्न माध्यमबाट उठाउँदै आएको बताएका छन् ।

प्रदेश सभाको आठौं अधिवेशनमासमेत आफ्नो पार्टी एवम् अन्य दलले जनकपुरलाई राजधानी कायम गर्न्ने पक्षमा रहेपनि आफुले त्यसमा विमति जनाउँदै वीरगञ्जमा पत्रकार सम्मेलनसमेत गरेको उनले विज्ञप्ति मार्फत स्मरण गराएका छन् ।

यद्दपी, गिरिले प्रदेशसभाको सचिवालयमा नाम र राजधानीसम्बन्धि प्रस्ताव गर्ने समयमा वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव भने दर्ता गराएका छैनन् ।

पर्साबाट जसपाका सिंघासन साह कलवार र नेपाली कांग्रेसका राजेश्वर प्रसाद साह तेली बाहेक अन्य कुनैपनि प्रदेशसभा सदस्यले वीरगञ्जको पक्षमा प्रस्ताव दर्ता नगराएको बुझिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: