test
Sunday, June 16, 2024
spot_img
Homeफिचरपर्सासहित १६ जिल्लामा एमालेको अधिवेशन आज नहुने

पर्सासहित १६ जिल्लामा एमालेको अधिवेशन आज नहुने

वीरगन्ज,२३ पौष /

पर्सासहित प्रदेश २ का ७ जिल्लामा आन्तरिक विवादका कारण आज नेकपा एमालेको अधिवेशन नहुने भएको छ ।

प्रदेश २ को सप्तरी जिल्लासहित अन्य ६१ जिल्लाको अधिवेशन भने आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ ।

पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहासहित १६ जिल्लाको अधिवेशन आन्तरिक विवाद र तयारी नपुगेको भन्दै रोकिएको छ ।

पर्सा जिल्लामा भने २७ गते गर्ने तयारी भईरहेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङसहितका जिल्लाहरुमा चिसो र हिमपातका कारण अधिवेशन हुनमा ढिलाई भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments