Thursday, April 18, 2024
spot_img
Homeफिचरविदेशबाट आउने प्रत्येक व्यक्तिको परिक्षण गर्नुपर्छ -सांसद् प्रदिप यादव

विदेशबाट आउने प्रत्येक व्यक्तिको परिक्षण गर्नुपर्छ -सांसद् प्रदिप यादव

वीरगन्ज,२३ पौष /

प्रतिनिधिसभा सदस्य प्रदीप यादवले विगतका कमीकमजोरीबाट पाठ सिक्दै ओमिक्रोनबाट नेपालमा पनि हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि अहिलेदेखिनै पूर्वतयारीमा जोड दिने आवश्यकता रहेको औल्याएका छन् ।

पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ९सांसद्० यादवले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै वैश्विक कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनले थपेको चुनौतीबाट जोगिन पूर्व तयारी गर्न तिनै तहका सरकारसँग आग्रह गरेका हुन् ।

सांसद् यादवले विज्ञप्ति मार्फत खुला सिमाना भएको स्थानबाट हुने आवागमनलाई कडाई गर्दै भारत लगायत अन्य मुलुकबाट आउने प्रत्येक व्यक्तिको पिसीआर र एन्टीजेन जस्ता परीक्षण गर्नकालागी स्थापित हेल्थ डेस्कहरुलाई स्तरोन्नती गर्दै थप व्यवस्थित गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: