test
Sunday, June 16, 2024
spot_img
Homeफिचरस्रोत नखुलेको ३८ लाखसहित एक युवक पक्राउ

स्रोत नखुलेको ३८ लाखसहित एक युवक पक्राउ

जनकपुर,२३ पौष /

सशस्त्र प्रहरी स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका– २ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका– १ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २ ०२ ०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments