Thursday, June 13, 2024
spot_img
Homeफिचरप्रेस चौतारी पर्साको बैठक सम्पन्न , ५ जना सदस्य मनोनीत

प्रेस चौतारी पर्साको बैठक सम्पन्न , ५ जना सदस्य मनोनीत

वीरगन्ज, २२ पौष /

हालै सम्पन्न भएको प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितीको बैठक सम्पन्न भएको छ ।

बैठकले अधिवेशन भब्य रुपमा सफल पार्न सहयोग गर्ने सबै प्रति आभार र कृतज्ञता जाहेर गरेको छ । आजको बैठकले कार्य समितीमा आनन्द पटेल, अखिलेश प्रसाद साह, राजन रौनियार, पन्नालाल प्रसाद साह र उर्मिला सापकोटालाई थप गर्ने निर्णय गर्दै ११ सदस्यीय सचिबालय गठन गरेको छ ।

जस्मा श्याम बन्जारा, तुलसी भण्डारी, कबिता खड्का, राजेन्द्र सिंह, सन्तोष पटेल, महमद सदाब, राकेश साह, नेहाल खान, प्रकाश तिवारी, राजन रौनियार, नितेष कर्ण रहेका छन् ।

आजकै बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाको हालै सम्पन्न बैठकले निकै लामो समय अघिदेखि ब्याबसायीक पत्रकारिता गर्दै आउनु भएका निर्विबाद र निर्भिक पत्रकारहरु प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार दिन उपयुक्त पात्र छनौट गरेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आजकै बैठकले पत्रकारिता महासंघ र चौतारीको बीचको सम्बन्धका बारेमा बृहद प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ भने आगामी माघ महिनाको २२ र २३ गते पोखरामा सम्पन्न हुने छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्य पर्ने सबै तयारी पूरा गर्ने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको छ ।

बैठकमा कार्य समितिका पदाधीकारी, सदस्य, सल्लाहाकार एवं अन्य आमन्त्रितको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: