Thursday, April 18, 2024
spot_img
Homeफिचरनेपाल शिक्षक महासङ्ह कालिकामाइ गाउँपालिकामा निर्वाचित कमिटी नेपाल राष्ट्रिय शिक्षक संगठनमा समाहित

नेपाल शिक्षक महासङ्ह कालिकामाइ गाउँपालिकामा निर्वाचित कमिटी नेपाल राष्ट्रिय शिक्षक संगठनमा समाहित

वीरगन्ज ,२१ पौष /

पर्साको कालिकामाइ गाउँपालिकाको विभिन्न संघमा आवद्ध शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आज प्रवेश गरेका छन ।

नेपाल शिक्षक महासङ्ह कालिकामाइ गाउँपालिकामा निर्वाचित कार्यसमितिका शिक्षक सहितका २३ जना नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकामाइ गाउँपालिका अधिवेशन एवं संगठन विस्तार कार्यक्रममा संघीय शिक्षक फोरम र नेपाल शिक्षक संघका शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरे ।

नेपाल शिक्षक महासङ्ह कालिकामाइ गाउँपालिका अध्यक्ष एवं संघीय शिक्षक फोरम पर्साका उपाध्यक्ष इन्द्रदेव प्रसाद कुर्मीको अगुवाइ उनीहरू आवद्ध भएका थिए ।

पर्साको १४ वटा पालिका मध्ये एक्लै संघीय शिक्षक फोरमबाट नेपाल शिक्षक महासङ्हमा कालिकामाइ गाउँपालिका अध्यक्षमा चौरसीया निर्वाचित भएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँपालिका अध्यक्ष सुबोध चौरसीयाको अध्यक्षता नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्साका इन्चार्ज प्रभु हाजराको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्साका सहइन्चार्ज राजकुमार गुप्ता , संविधान सभा सदस्य प्रदुमन चौहान , जयप्रकाश थारु ,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मिया , नेकपा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निसाद , जिल्ला कमिटी सदस्य पवन तिवारी , नेकपा एमाले कालिकामाइ गाउँपालिका अध्यक्ष अनुप तिवारी , कालिकामाइ गाउँपालिका २ का वडा अध्यक्ष सोनालाल चौरसीया ,नवप्रवेशी शिक्षकहरु विरेन्द्र चौरसीया , सोनालाल साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: