Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीरक्तसञ्चार केन्द्र वीरगञ्जलाई कुर्सी सहयोग

रक्तसञ्चार केन्द्र वीरगञ्जलाई कुर्सी सहयोग

वीरगन्ज,२० पौष /
काठ्माडौंको लाईफ बैंकले गैरआवासीय नेपाली संघ रक्तसञ्चार समितिको संयोजनमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा वीरगञ्जलाई चार वटा रक्तदान कुर्सी हस्तान्तरण गरेको छ ।

उक्त कुर्सी ब्लड डोनर्स एसोसिएसन पर्साका सचीव अरबिन्द कुमार सिंहले रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहम्मद एराजलाई हस्तान्तरण गरेका थिए भने कोषाध्यक्ष यादवले धन्यवाद ब्यक्त गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा सचिव सिंहले रक्तदान एवम् रक्तसञ्चार केन्द्रलाइ हरेक निकायबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र इन्चार्ज सौरभ राज पाण्डे, प्राबिधिक डिल्लमाया घिमिरे, राजन श्रीवास्तव, मन्ताज मिया, कुमार दहाल, हरि राउत लगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: