Saturday, February 24, 2024
spot_img
Homeफिचरराष्ट्रियसभामा पर्साका मियाँ र अर्यालको उम्मेदवारी

राष्ट्रियसभामा पर्साका मियाँ र अर्यालको उम्मेदवारी

वीरगन्ज,२० पौष /
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ ।

प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश २ को दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट अन्य समूहमा जसपाका मो.खालिद सिद्दिकी र महिलातर्फ माओवादीकी उर्मिला अर्यालले उम्मेदवादी दिएका छन् । सिद्दिकी सिरहा र अर्याल पर्साकी हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: