Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीपर्सामा दुई चरणमा विशेष खोप अभियान शुरू

पर्सामा दुई चरणमा विशेष खोप अभियान शुरू


वीरगन्ज,२० पौष /

पर्सामा सोमवारदेखि कोभिड–१९ विरुद्ध दोस्रो चरणमा विशेष खोप अभियान शुरू भएको छ।

यो अभियानमा जिल्लाका पाँचवटा अस्पतालबाट जोन्सन खोप लगाइँदैछ। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन खोप आज पुस १९ गतेदेखि पर्साका पाँचवटा केन्द्रबाट लगाइरहेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।

स्वास्थ्य कार्यालय, पर्साका निमित्त कार्यालय प्रमुख जयमोद ठाकुरले ६० वर्ष उमेर पूरा गरेका सबै नागरिक, फरक क्षमता भएका व्यक्ति र विभिन्न कामले विदेश जान लागेका व्यक्तिले जोन्सन खोप लगाउन पाउने बताएका छन्।

खोप अभियानलाई प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको प्रदेशस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन–२०७८ बमोजिम वीरगंजका तीनवटा निजी अस्पताल नारायणी सेन्ट्रल, वीरगंज हेल्थ केयर र भवानी अस्पताल तथा केन्द्रीय सरकारी अस्पताल नारायणी र पोखरिया अस्पतालबाट तोकिएको दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।

वीरगंज बिर्तास्थित नारायणी सेन्ट्रल हस्पिटलमा आइतवार, गण्डकस्थित वीरगंज हेल्थकेयरमा मङ्गलवार र घण्टाघर, लिङ्करोडस्थित भवानी अस्पतालमा बिहीवार खोप लगाउने तालिका रहेको निमित्त प्रमुख ठाकुरले बताए।

यसैगरी, नारायणी अस्पतालमा सोमवार र बुधवार तथा पोखरिया अस्पतालमा शुक्रवार खोप लगाउन सकिने व्यवस्था मिलाएको छ। वैदेशिक रोजगार, विदेश अध्ययन र उपचारका लागि विदेश जाने बिरामी तथा निजका कुरुवा दुईजनाले जोन्सन खोप लगाउन पाउने निमित्त प्रमुख ठाकुरले बताए।

खोप लगाउन राहदानी, प्रवेशाज्ञापत्र, विद्यार्थीको परिचयपत्र, विद्यालय भर्ना कागजात, बिरामीको उपचार रेफर पुर्जी आवश्यक पर्छ।

आजदेखि सञ्चालित विशेष खोप अभियान पर्सा जिल्लाका चौधवटा पालिकामा पाँच दिनसम्म सञ्चालन हुने निमित्त प्रमुख ठाकुरले बताए। सातरसातवटा पालिकामा विशेष खोप अभियान सञ्चालन गरिएको उनले बताए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: