Thursday, May 30, 2024
spot_img
Homeफिचरएमाले पर्साको जिल्ला अधिवेशनमा स्वंयसेवक परिचालन गर्न समिति गठन

एमाले पर्साको जिल्ला अधिवेशनमा स्वंयसेवक परिचालन गर्न समिति गठन


वीरगन्ज,१९ पौष
नेकपा एमाले पर्साको अगामी पौष २७ मा हुने जिल्ला अधिवेशनका लागी स्वंयसेवक परिचालन गर्न आज निर्णय भएको छ ।
वीरगन्जको होटल मयालुमा बसेको बैठकले एमालेको विभिन्न जनवर्गीय संगठनबाट अधिवेशनमा स्वंयसेवक परिचालन गर्न निर्णय भएको हो ।
बैठकले एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ ,अनेरास्ववियु र राष्ट्रिय युवा संघबाट स्वंयसेवक परिचालन गर्न निर्णय गरेको नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दिप बस्नेतले जानकारी दिए ।
एमाले पर्साका जिल्ला कमिटि सदस्य एवं नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष मानदेव हाजराको संयोजकत्वमा ७ सदस्यीय स्वंयसेवक व्यवस्थापन समिति गठन गरेको बस्नेतले बताए ।
समितिको सदस्यमा नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव रामकिशोर सिंह पराग ,केन्द्रिय सदस्य अकलेश साह,राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष महम्द निजामुदिन,केन्द्रिय सदस्य रवि गुप्ता ,अनेरास्ववियु पर्साका संयोजक रेयाज अंसारी ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज शाह , राजाबाबु रौनीयार रहेका छन ।
उनका अनुसार तिनै संगठनबाट ८० जना स्वंयसेवकलाई ८ वटा चरणमा विभाजन गरी महाधिवेशन व्यवस्थापन गर्ने निर्णय भएको हो ।
बैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष मानदेव हाजरा ,सचिव रामकिशोर सिंह पराग ,केन्द्रिय सदस्य अकलेश साह,राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष महम्द निजामुदिन,केन्द्रिय सदस्य रवि गुप्ता ,अनेरास्ववियु पर्साका संयोजक रेयाज अंसारी ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज शाह , सचिव सन्दिप बस्नेत , वीरगन्ज महानगरका अध्यक्ष जेयाद अंसारी ,भगवानलाल पटेलको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: