Sunday, March 3, 2024
spot_img
Homeफिचरश्याम बन्जाराको नेतृत्वमा चौतारी पर्साको २५ सदस्य नयाँ कार्य समिति निर्विरोध निर्वाचित

श्याम बन्जाराको नेतृत्वमा चौतारी पर्साको २५ सदस्य नयाँ कार्य समिति निर्विरोध निर्वाचित

वीरगञ्ज १८ पौष /

प्रेस चौतारी पर्साको पाँचौं जिल्ला अधिवेशनले श्याम बन्जाराको नेतृत्वमा २५ सदस्य नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । शनिबार पर्साको वीरगन्जमा भएको जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघ प्रदेश २ अध्यक्ष समेत रहेका बन्जाराको नेतृत्वमा चौतारी पर्साको २५ सदस्य नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

एक सय १६ साधारण सदस्य रहेको पर्सा चौतारीको उपाध्यक्षमा तुलसी भण्डारी, महिला उपाध्यक्षमा कविता खड्का, सविच राजेन्द्र सिंह नेपाली, सह सचिवमा मोहमद सदाप तथा सन्तोष पटेल र कोषाध्यक्षमा राकेश साह निर्विरोध निर्वाचित भएको छन् ।

त्यसै गरी चार जना सदस्यहरु पछि मनोनित गर्ने गरी चौतारी पर्साको बन्द शत्रले नेहाल खान, मनिष पौडेल, एसके चौरसिया, दीपेन्द्र साह, धनन्जय मिश्र, शम्भु थारु, प्रकाश तिवारी, निलम चौधरी, हेमकृष्ण चापागाई कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एन्जल चौधरी र नितेश कर्णलाई पनि बन्दशत्रबाटै निर्वाचित गरेको बन्दशत्रको अध्यक्षता गरेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का इन्चार्ज लालबाबु शेखले घोषणा गरे ।

चौतारी पर्साका सल्लाहकारहरुमा प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, किरणराज पाण्डे, संजय साह, सरोज खड्का, मनोज मिश्र, युराज खड्का र लक्ष्मी खरेल रहेका छन् । त्यसै गरी केन्द्रिय प्रतिनीधिहरुमा महेश दास, अनुप तिवारी, महेशचन्द्र गौतम, सुस्मा शर्मा रहेका छन् । चौतारीका प्रदेश प्रतिनीधिहरुमा जितेन्द्र साह, श्याम कुशवाहा, निरन्जन मिश्र, लक्ष्मी खरेल, सफल खतिवडा, कन्हैया गुप्ता र आसिक अंसारी र ग्याँसुदिन मिया रहने गरी प्रतिनीधि पनि टुँग्याएको छ ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सपथ गराए । बन्द शत्र पूर्वको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले ‘नेपाल जिन्दावाद भन्दा केहीलाई रिस उठे पनि मुलुकको पक्षमा प्रेस चौतारी नेपाल र माउ पार्टी एमालेले नेपाल जिन्दावाद भन्न पछि पर्दैनौं’ भने । मुलुकको विकास र हितका लागि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर विकास र समुन्नतिका लागि नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिन नचाहनेहरुले पनि आफ्नै पार्टी भित्र निर्वाचन जित्न ओलीले ल्याएका नाराको सापट लिन परेको प्रसंग जोड्दै गगन थापा र प्रचण्ड तर्फ इंगित गरे ।

चौतारीले पनि मूल पार्टीले ल्याएको नारासँग मिल्दो जुद्धो ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजिवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारा आठौ राष्ट्रिय अधिवेशनबाट ल्याइसकेकोले एमालेले गरेका राम्रा कामको फेहरिस्त जनस्तरमा पु¥याउन सक्नु पर्ने सुझाव दिए ।

उद्घाटन समारोहमा नेकपा एमालेका प्रदेश २ सह इन्चार्ज ज्वाला साह, केन्द्रीय सदस्यहरु प्रभु हजारा, निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह, वीरगन्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज साह, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, पूर्व उपाध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने लगायतले चौतारीका पत्रकार अब अरु संगठनका पत्रकारहरुभन्दा अब्बल पत्रकारीता सहित समाजमा देखा पर्नु पर्ने बताए । मुलुकको नयाँ संरचना अनुसार बनेका विभिन्न सरकार र अन्य मुलुकका अन्य संरचनाले गरेका राम्रा कामको प्रोत्साहन र नराम्रा कामको उजागर गर्ने गरी खोज पत्रकारितालाई प्राथमिकतामा पार्नु पर्ने कार्यक्रमका बक्ताहरुको भनाइ छ । कार्यक्रमा चौतारी पर्साले पर्साका अग्रज पत्रकार र चौतारी पर्साका पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: