Monday, February 26, 2024
spot_img
Homeफिचरनेपाली कांग्रेसका नेता वीरेन्द्र पटेल सहित नेकपा एमालेमा प्रवेश गरे

नेपाली कांग्रेसका नेता वीरेन्द्र पटेल सहित नेकपा एमालेमा प्रवेश गरे

वीरगञ्ज १८ पौष /

नेपाली कांग्रेसका नेता वीरेन्द्र पटेल सहित सय जना भन्दा बढिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशी नेताहरुलाई केन्द्रिय सदस्य तथा पर्सा सह–ईनर्चाज राजकुमार गुप्ताले अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पकहाँ मैनपुर गाउँपालिका सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका नेता पटेलको नेतृत्वमा आइतबार एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका पकहाँ मैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश साहको बिशेष पहलमा नवप्रवेशी शम्भु पटेल ,सुरेन्द्र चौरसीया , मनोज चौरसीया , जोगेन्द्र चौरसीया ,अलिभ मिया , प्रमेशवर चौरसीया , मनिफ मिया , मुनि ठाकुर, अनवर अलम , धुप राउत कम्कर लगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा केन्द्रिय तथा पर्सा सह–ईनर्चाज राजकुमार गुप्ता , नेकपा नेता तेजप्रकाश निसाद , पालिका कमिटी सचिव राजेश सहनी , विकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । यसैगरी नेकपा एमाले पकहाँ मैनपुर गाउँपालिका कमिटी बिस्तार गरेको छ ।

कमिटी अध्यक्ष अकलेश साहको नेतृत्वमा एक सय एक कमिटी गठन भएको पालिका कमिटीका कृष्णा कुशवाहाले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: