Friday, March 1, 2024
spot_img
Homeफिचरनेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक सम्पन्न , गोपाल गीरी पत्रकारिता पुरस्कार...

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक सम्पन्न , गोपाल गीरी पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई दिईने


वीरगन्ज,१२ पौष /
नेपाल पत्रकार महासंघ पर्सा शाखाको तेस्रो बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले स्वर्गीय गोपाल गीरी क्रियाशिल पत्रकारीता पुरस्कार २०७७ र २०७८ सालको माघ १ मा पुरस्कार वितरण गर्ने ,महिला पत्रकारीता तालिम ,आचार संहिता तथा आधारभुत पत्रकारीता तालिम आयोजना गर्ने र नेपाल पत्रकार महासंघको तेस्रो तल्लामा भौतिक पुर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले स्वर्गीय गोपाल गीरी क्रियाशिल पत्रकारीता पुरस्कार २०७७ को प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठ र स्वर्गीय गोपाल गीरी क्रियाशिल पत्रकारीता पुरस्कार २०७८ को राजधानी दैनिकका समाचारदाता तुलसी भण्डारीलाई दिने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले जानकारी दिनुभयो ।
यस्तै महिला पत्रकारीता तालिमका लागी शाखाका उपाध्यक्ष सुष्मा शर्माको संयोजकत्वमा कविता खड्का र रश्मीराज भण्डारी सदस्य रह्ने गरी समिति गठन भएको उहाँले बताउनुभयो ।
आचार संहिता तथा आधारभुत पत्रकारीता तालिमका लागी शाखाका उपाध्यक्ष युवराज खड्काको संयोजकत्वमा कोषाध्यक्ष संजीव मिश्रा ,सहसचिव जियालाल साह , सदस्यहरु सफल खतिवडा र अमित अग्रवाल रह्ने गरी निर्णय भएको सचिव यादवले बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघको तेस्रो तल्लामा भौतिक पुर्वाधार निर्माणका लागी शाखाका अध्यक्ष अनुप तिवारीको संयोजकत्वमा शाखाका सचिव भुषण यादव र कोषाध्यक्ष संजीव मिश्रा समितिमा रहेको उहाँले बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: