Wednesday, April 17, 2024
spot_img
Homeफिचरवीरगन्जमा ४ महिलासहित ६१ जनाद्वारा रक्तदान

वीरगन्जमा ४ महिलासहित ६१ जनाद्वारा रक्तदान

वीरगन्ज,११ पौष /
वीरगंज महानगरपालिकाको वडा नं २३ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सबैठवा यूवा समितिको आयोजनामा भएको कार्यक्रममा ४ महिलासहित ६१ जनाले रक्तदान गरेको थिए ।

राम जानकी मठ परिसरमा भएको कार्यक्रममा रंजित कुमार कुशवाहा, रामअयोध्या पटेल, नैमा खातुन, बिहारी प्रसाद यादव, जयराम बैठा, संतोष कुशवाहा, राजकुमार यादव, राम मण्डल, रामबाबु यादव, दिपक यादव, मुन्ना कुमार माली, नागेश्वर यादव, रमेश कुशवाहा, नवलकिशोर महतो, राकेश कुमार राम, निरज कुमार राम, मिना खातुन विवेक राम, धर्मेन्द्र कुशवाहा, रवि कुशवाहा, राजन पण्डित, समिर मियाँ अन्सारी लगायतकाले रक्तदान गरेको कार्यक्रममा सहभागि पोखरिया युवा सामाजका उपाध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

श्रीराम हास्पिटल विर्ताकी महिला रोग बिशेषग्य डा। प्रिती यादवको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा, श्रीराम हास्पिटल विर्ताका कन्सलटेन्ट फिजिसियन डा। मनिष खन्ना, सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी तथा यूवा नेता ओमप्रकाश सर्राफ, भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तव, स्वास्थकर्मी अली अकबर हुसैन, करण पटेल, पब्लिक फिटनेसका संचालक करण यादव, ग्यालेक्सी फिटनेसका संचालक सन्नी आलम, ज्योति यूवा कल्बका अध्यक्ष रामानन्द कुशवाहा, मकसुदन अंसारी, दी हन्ड्रेड ग्रुप पर्साका सचिव बिक्की सर्राफ, युवा वचन संस्था पर्साका अध्यक्ष किशन सर्राफ, कमलेश कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

श्रीराम हास्पिटल विर्ता, भोलेन्टियर टीम वीरगंज, ज्योती युवा क्लब, राधेमाई अफसेट प्रेसको सहयोगमा भएको सो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष एसानुल अन्सारीको अध्यक्षतामा भएको कार्यक्रम सहजिकरण स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहाले गरेका थिए भने रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको प्राविधिकहरुको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: