Monday, February 26, 2024
spot_img
Homeफिचरसडकमा रोट्रयाक्ट क्लबका युवाहरु

सडकमा रोट्रयाक्ट क्लबका युवाहरु

वीरगन्ज,११ पौष /
विगत केही साता देखि बर्दिवास सरसफाई महाअभियानको मुख्य वाक्यले अहिले बर्दिवासमा ठुलो चर्चा बटुलेको छ । रोट्रयाक्ट क्लब अफ बर्दिवास लगायत विभिन्न क्लबहरू, सञ्जालहरु, सरकारी तथा गैरसरकारी संस्थाहरू ,स्थानीय सरकारहरुको सहकार्यमा सुरु गरीएको अभियानले हाल बर्दिवास बासिन्दाको चासोको विषय बनेको छ ।

स्थानीय युवाहरुको जोडतोडले सुरुवात गरिएको यस अभियानमा रोटरी क्लब अफ बर्दिवासले ठुलो सहयोग गर्दै आइरहेको रोट्रयाक्ट क्लब अफ बर्दिवास रोटरीले जनाएको छ । सामाजिक कार्यहरूमा आफुलाई स्थापित गर्दै आइरहेको रोट्रयाक्ट क्लब यो पटक भने अलि फरक ढंगले प्रस्तुत भएको छ रोट्रयाक्ट क्लब अफ बर्दिवासले आफु मात्र नभएर स्थानीय क्लबहरूका साथ अगाडी बढिरहेको छ ।

हामि मात्र होइन अब सम्पुर्ण स्थानीय क्लबहरू, संजालहरु, सरकारी तथा गैरसरकारी संस्थाहरू , लगायत बुद्धिजीवी एवं व्यवसायिक समेत सबैलाई समेटेर बर्दिवास सरसफाई महाअभियान सफल बनाउने तर्फ सम्पुर्ण युवाहरु लागि परेको रोट्रयाक्ट क्लबका बिजय पोखरेलले जानकारी दिएका छन् ।

उनले अगाडि थपे यस अभियानलाई सफल बनाउन समाजिक कार्यमा सक्रिय रहँदै आएको बर्दिवास जनसहयोग युवा क्लब र उक्त क्लबका युवाहरुको ठुलो भुमिका रहेको छ।

सरसफाई अभियानमा यहाँको ईलाका प्रहरी कार्यालयको ठुलो सहयोग रहदै आईरहेको छ । हरेक सामाजिक कार्यक्रममा इलाका प्रहरीको तर्फबाट ठुलो सहयोग रहदै आएको सहझै देख्न सकिन्छ साथै यस महाअभियानले सम्बोधित अभियानलाई नगर प्रहरीहरूको पनि साथै रहेको छ ।

स्थानीय युवाहरु यसरी झाडु लिएर सडकका फोहोर सफा गर्दै , फोहोर टिप्दै गर्दा स्थानीय व्यापारी एवम् व्यावसाय लज्जित हुनुपरेको स्थानीय व्यावसायिकले भनेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: