Thursday, April 18, 2024
spot_img
Homeफिचरश्रीसिया नदी एवं वीरगन्ज प्रदुषण मुक्त बनाउन अन्तरक्रिया

श्रीसिया नदी एवं वीरगन्ज प्रदुषण मुक्त बनाउन अन्तरक्रिया

वीरगन्ज ,१० पौष /

श्रीसिया नदी एवं वीरगन्ज प्रदुषण मुक्त अभियानले बृहत खुल्ला अन्तरक्रिया गरेको छ ।

शुक्रबार घण्टाघर चोकमा अभियानले श्रीसिया नदी एवं वीरगन्ज प्रदुषण मुक्त बनाउन अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सहभागी वीरगन्ज महानगरपालिका कि उपमेयर शान्ति कार्कीले आजकै दिन देखि वीरगन्जलाई प्रदुषण बाट मुक्त बनाउन अगाडि नबढे भविस्यमा समस्या हुने बताइन

उनले उद्योगबाट निस्केको फ़ोहोर पानी बन्द गरे सबै फोहोर बिस्तारै कम हुदै जाने बताइन् ।

अन्तरक्रियामा सहभागी बक्ताहरुले वीरगन्जसंग जोडिएको श्रीसिया नदि सहित सम्पुर्ण नालाको फ़ोहोर पानी प्रसोधित गरेर नदिमा फाल्न व्यवस्था गर्न माग गरेका छन ।

उनीहरूले नदिमा छाला र मासु उद्योगको जीवन अवशेष र केमिकल युक्त पानी बन्द गर्न माग गरेका हुन् ।

श्रीसिया नदी एवं वीरगन्ज प्रदुषण मुक्त अभियानका संयोजक सुरेन्द्र कुर्मीको अध्यक्ष्ातामा भएको अन्तरक्रिया कार्यक्रममा वीरगन्ज महानगरपालिका १८ का वडा अध्यक्ष ब्रहमदेव कुर्मी ,युवा ओम प्रकाश सरार्फ , कमल चौगाइ , प्रकाश थारु लगायतकाले बोलेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: