Thursday, April 18, 2024
spot_img
Homeफिचरनेकपा एमालेको वीरगन्ज १ मा वुथ सम्पर्क अभियान सम्पन्न

नेकपा एमालेको वीरगन्ज १ मा वुथ सम्पर्क अभियान सम्पन्न

वीरगन्ज ,१० पौष /

नेकपा एमालेले वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा बुथ सम्पर्क अभियान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

वडा नम्बर १ कमिटीको आयोजना भएको कार्यक्रममा ८५ जनाले एमाले प्रवेश गरेका छन् ।

त्यसैगरी युवा संघ, खेलकुद महासंघ, अनेमसंघ , मुक्ती संघ नेपाल, इत्तेहाद संगठन र शान्ति टोल कमिटी गठन भएको छ ।

एमाले पर्सा इन्जार्ज तथा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेश सदस्य बसरुदिन अन्सारी, शम्भु गुप्ता, महानगर अध्यक्ष राजेन्द्र यादव, उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी लगायतले जनस्तरमा पार्टी संगठन बलियो बनाउन बुथ सम्पर्क अभियान सुरु गरेको बताए ।
आउँदो स्थानियतहको निर्वाचनमा एमाले अत्याधिक वडामा जित्ने दावी गरेको छ ।

राकेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा इन्जार्ज हरि शंकर लाल कर्ण र धन्यवाद महानगर सदस्य वीरेन्द्र कण्ठले गरेका थिए । ।

नेकपा एमालेले २ महिने बुथ सम्पर्क अभियान बीरगन्ज महानगरका ३२ वटै वडामा सुरु गरेको छ । यस अभियान अन्तर्गत दशौ महाधिवेशनको सन्देश वडाको जनस्तरमा दिने, वडाको टोल कमिटी गठन गर्ने र जनवर्गिय जनसंगठनको वडा कमिटी गठन गर्नेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: