Wednesday, April 17, 2024
spot_img
Homeफिचरटेक टोनिक २०२२ मा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह

टेक टोनिक २०२२ मा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह

वीरगन्ज,९ पौष /

वीरगन्जमा जैन युनिभरसिटिले संचालन गर्न लागेको टेक टोनिक २०२२ मा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

आउँदो जनवरी ७ देखि १२ सम्म संचालन हुने टेक टोनिक २०२२ मा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको हो ।
टेक टोनिक २०२२ मा सिईई , कक्षा ११ , कक्षा १२ र डिप्लोमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन सक्ने जैन युनिभरसिटि जनाएको छ ।

५ दिनसम्म चल्ने टेक टोनिक २०२२ मा सहभागी विद्यार्थीहरुलाई प्राविधिक तालिम सम्बन्धित कार्यशाला संचालन गर्ने र उक्त कार्यशालामा विजेता हुनेलाई लागि आकर्षक उपहार प्रदान गरीने छ ।

यस्तै सहभागीहरुलाई विभिन्न प्रकारको प्रमाणपत्र पनि वितरण गरीने जैन युनिभरसिटिको शाखा कार्यालय वीरगन्ज पानीटंकीले जनाएको छ ।

टेक टोनिक २०२२ मा सहभागी हुने विद्यार्थीहरुले जैन युनिभरसिटिको पानीटंकीमा रहेको शाखा कार्यालयमा वा ९८०२०५९२३६ र ९८०२०५९२४० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: