Sunday, February 25, 2024
spot_img
Homeफिचरनेकपा एमाले जिल्ला समिति सदस्य गोविन्दालाई परवानीपुर युवा समाजको सम्मान

नेकपा एमाले जिल्ला समिति सदस्य गोविन्दालाई परवानीपुर युवा समाजको सम्मान

वीरगन्ज ,७ पौष /

नेकपा एमाले बाराको जिल्ला समिति सदस्यमा मनोनीत भएका गोविन्दा यादवलाई सम्मान गरिएको छ ।

परवानीपुर युवा समाजको अगुवाइमा परवानीपुर युवा समाजका उपाध्यक्ष समेत रहेका यादवलाई सम्मान गरिएको हो ।

परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आयोजित सम्मान कार्यक्रममा फुल, अबिर र खादा लगाएर उनलाई सम्मान गरिएको परवानीपुर युवा समाजले जनाएको छ ।

सम्मान ग्रहण गर्दै जिल्ला सदस्य यादवले युवाहरुको कारण आफू यो महत्त्वपूर्ण ठाँउमा पुगेकाले युवा नै शक्ति भएको बताए ।

उनले परवानीपुर युवा समाजको सम्मान आफू जिन्दगीमा कहिले नबिर्सने बताए ।

मंगलबार नेकपा एमाले बाराले ३७५ सदस्यीय जिल्ला समितिलाई सपथ ग्रहण गराएको हो ।

परवानीपुर युवा समाजका अध्यक्ष धनराज गुप्ताको अध्यक्ष्तामा भएको सम्मान कार्यक्रममा प्रहरी चौकी बुनियादका प्रमुख प्रहरी नायब निरीक्षक श्यामबाबु यादव ,परवानीपुर युवा समाजका सचिव हुलाश यादव , सदस्यहरु राजेश यादव , डाक्टर अशोक यादव , अदेश यादव , तिवारी यादव , श्रीराम सरार्फ , राहुल गुप्ता ,सुनिल साह , राकेश यादव लगायतकाहरुको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: