Wednesday, April 17, 2024
spot_img
Homeफिचरअनेरास्ववियुका नेता आसिफ अहमदको अध्यक्ष्तामा ठाराब क्याम्पस कमिटि गठन

अनेरास्ववियुका नेता आसिफ अहमदको अध्यक्ष्तामा ठाराब क्याम्पस कमिटि गठन

वीरगन्ज,७ पौष ।

अनेरास्ववियुको ठाकुर राम बहुमुखी क्याम्पस सम्मेलनले आज नयाँ कमिटि गठन गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस सभाहल मै भएको सम्मेलनले अनेरास्ववियु ठाकुर राम बहुमुखी क्याम्पस अध्यक्षमा आसिफ अहमद रह्ने गरी ३३ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । कमिटि उपाध्यक्षमा अरमान हास्मी ,सचिवमा मेघराज यादव ,सहसचिवमा अलिराज हुसैन ,टिकाबहादुर कार्की र कोषाध्यक्षमा सोनी सरार्फ चयन भएकी हुन । नवगठित कमिटिको बाँकी सदस्यहरुको नाम बिस्तारै सार्वजनिक गरीदै जाने कमिटिले जनाएको छ । नवगठित कमिटिले ठाकुर राम बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आफ्नो अलग पहिचान बनाउने सम्मेलनमा सहभागी बक्ताहरुले बताएका छन । नयाँ कमिटि गठन भएकै दिनदेखि विद्यार्थीको समस्यामा खुलेर लाग्ने र विद्यार्थीको हकहितमा बोल्ने निर्णय गरेको नवगठित कमिटिले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवं अनेरास्ववियु पर्साका ईन्चार्ज शिवजी गुप्ता ,अनेरास्ववियुका केन्द्रिय सदस्य मेराजुल हवारी , अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारी , सहसंयोजक अजित साह ,नेकपा एमाले महानगर कमिटी सदस्य शुभनारायण ठाकुर , नेपाल खेलकुद महासंघ वीरगन्ज महानगरका अध्यक्ष जेयाद अन्सारी लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: