Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीसाहिब दरवार सेवा संस्था नेपालको आयोजनामा निःशूल्क आँखा शिविर सम्पन्न

साहिब दरवार सेवा संस्था नेपालको आयोजनामा निःशूल्क आँखा शिविर सम्पन्न

वीरगन्ज,७ पौष /

वीरगन्ज महानगरपालिका २४ रामगढवामा निःशूल्क आँखा परीक्षण शिविर आज सम्पन्न भएको छ ।

साहिब दरवार सेवा संस्था नेपालको आयोजना माट्रिका आई फाउण्डेशनको सहयोग शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा १ सय १८ जनाले परीक्षण गराएको साहिब दरवार सेवा संस्थाका अध्यक्ष राजेशमान सिंहले जानकारी दिनुभयो ।

आँखा परीक्षण गराएकामध्ये ४९ जनामा मोतियाबिन्दु भेटिएको सेवा संस्थाले जनाएको छ । मोतियाबिन्दु फेला परेकाहरुको आउदो शुक्रबार निःशूल्क शल्यक्रिया हुने सिंहले बताउनुभयो ।

शिविरमा संस्थाका प्रेमबाबु पटेल, उमेशलाल सहनी, मुकेश द्विवेदी, रामशरण पटेल, शशी पाण्डे, कृष्णा पटेल, संजय मण्डल, प्रमोद पटेल, दिपलाल पटेल, ओम पटेल, पुररुषोत्तम पटेल, अजय महतो, रूपेश यादव लगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: