Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशअनुदानको बोरिङ लिएर सिचाइमा लुट मचाउदै कार्यकर्ता , सन्तोषका बुवा कपिलदेव घण्टाका...

अनुदानको बोरिङ लिएर सिचाइमा लुट मचाउदै कार्यकर्ता , सन्तोषका बुवा कपिलदेव घण्टाका तिन सय लिएको खुलासा

वीरगन्ज ,७ पौष /

प्रदेश २ सरकारको भौतिक पुर्वधार तथा विकास मन्त्रालय मार्फत अनुदानमा पाएको बोरिङले सिचाइ गर्दा घन्टाको तिनसय तिर्नु परेको तथ्य उजागर भएको छ ।

अनुदानमा पाएको बोरिङले गहुँमा सिचाइ गर्दा घन्टाको तिनसय तिर्नु परेको तथ्य उजागर भएको हो ।

तत्कालीन मन्त्री जितेन्द्र सोनारको सिफारिसमा गत आर्थिक बर्षमा अनुदानमा पाएको बोरिङ अहिले आसेपासे कमाउने माध्यम बनाएका छन ।

तत्कालीन मन्त्री सोनार निकट कार्यकर्ता सन्तोष यादवले आफ्नो बुवा कपिलदेव यादवको नाममा अनुदानमा लिएको बोरिङले अहिले घण्टाको तिन सय असुल्न थालेका छन ।

परवानीपुर गाउँपालिका ३ लिपनी कै स्थानीय महेन्द्र रामसंग अनुदानको बोरिङले गहुँमा सिचाइ गर्दा घन्टाको तीन सय लिएको फेला परेको छ ।

अनुदानमा पाएको बोरिङले किसानको खेतीयोग्य जमिन सिचाइ गर्दा न्युनतम खर्च लिन भनिएको छ ।

तर अहिले बोरिङले कमाउने माध्यम अनुसार घण्टाको तिनसय असुली गर्न थालेपछी किसान आक्रोशित भएका छन ।

यसअघि तत्कालीन मन्त्री सोनारका भाइ रामबाबु सोनारले पनि आफ्नो कार्यकर्ता मुकेश सोनार मार्फत रकम असुल गरेका थिए ।

तत्कालीन मन्त्री सोनार आफ्नै खेतमा बोरिङ राखेर बेला बेलामा सिचाइको नाममा लुट मच्चाउन थालेका छन ।

स्रोतका अनुसार तत्कालीन मन्त्री सोनार सहित उनका आसेपासे र कार्यकर्तालाई कुनै पनि काम गर्दा कमिसन खुलेर लिने गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: