Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


वीरगन्ज,६ पौष /

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पुषको पहिलो सातादेखि संचालनमा ल्याएको वित्तीय साक्षरता कार्यक्रम आज डौकैला शाखामा सम्पन्न भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पोखरीया शाखा मार्फत सञ्चालन ल्याएको वित्तीय साक्षरता कार्यक्रम डौकैला शाखामा सम्पन्न भएको हो ।
यो कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्ने योजना अनुसार अगाडी बढिएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिनुभयो ।
वित्तीय साक्षरता कार्यक्रममा बचत के हो ? कर्जा सदुपयोग कसरी गर्ने ? पारीवारिक बजेट कसरी बनाउने ? र्बैक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ ? नोट किन सफा राख्नुपर्छ भन्ने जस्ता विषयमा स्थानीयहरुलाई जानकारी गराईएको आचार्यले बताउनुभयो ।
उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रबन्धक दिवसराज ओली, अनुगमन अधिकृत सिताराम महतो ,प्रकास लामिछाने ,डकैला शाखाका प्रमुख श्रीमती किरण कुमारी कुशवाहा , कनिष्ठ सहायक राजिव प्रसाद कुशवाहा ,सन्तोश कुमार यादव ,सन्तोष चौधरी,बिशाल गिरी ,सुबिका चौधरी,प्रहरी चौकी डौकेलाका अवधलाल साह ,वडाअध्यक्ष रामरेखा सिंह ,बजार व्यवस्थापन समितिका प्रमोद यादवको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: