Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशजीएचपी माध्यमिक विद्यालयलाई अनेरास्ववियुको चेतावनी ,विद्यालयद्धारा शुल्क फिर्ता गर्ने प्रतिवद्धता

जीएचपी माध्यमिक विद्यालयलाई अनेरास्ववियुको चेतावनी ,विद्यालयद्धारा शुल्क फिर्ता गर्ने प्रतिवद्धता


वीरगन्ज,६ पौष
/

वीरगन्ज महानगरपालिकामा संचालित जीएचपी माध्यमिक विद्यालयले विद्यार्थीबाट कक्षा संचालन बिना नै शुल्क लिएको गुनासो आएपछि शुल्क फिर्ता गराउँदै चेतावनी दिएको छ ।
कोरोना संक्रमणले जारी भएको निषेधाज्ञामा विद्यालयले कक्षा संचालन बिना शुल्क लिएको गुनासो पछि अनेरास्ववियु पर्साले शुल्क फिर्ता गराउँदै चेतावनी दिएको हो ।
जीएचपी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी श्रृष्टी गुप्ता संग कोरोना संक्रमणले जारी भएको निषेधाज्ञामा कक्षा संचालन बिना नै शुल्क लिएको गुनासो आएपछि विद्यालयलाई शुल्क नलिन चेतावनी दिईएको अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीले जानकार िदिए ।
अनेरास्ववियु पर्साका नेताको टोलीले विद्यालयका संचालकलाई नै भेटेर यसबिषयमा गम्भीर ध्यानाकर्षण गराएको अन्सारीले बताए ।
विद्यार्थीका अभिभावक रविन्द्र गुप्ताले विद्यार्थी संगठनलाई यसमा सहजीकरण गर्ने आग्रह गरेपछि विद्यालयमा पुगेर अबदेखि यस्तो गुनासो नआउने गरी संचालकलाई काम गर्न चेतावनी दिईएको उनले बताए ।
संयोजक अंसारीले विद्यालयले संक्रमणले जारी भएको निषेधाज्ञा कै समयको शुल्क कै बहाना बनाएर विद्यालयको त्रैमासिक परिक्षा दिनबाट बन्चित गर्ने तयारी गरेको थियो ।
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले कोरोना संक्रमणको समयमा विद्यालयको कक्षा संचालन नै नगरी शुल्क नलिन विद्यालयलाई पत्राचार पनि गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: